सोमबार बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले सोमबार ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको दिएको छ।

लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् ।

अनुमति प्राप्त सबै सिमित कार्य गर्ने ब्रोकर कम्पनीहरु हुन्। ११ वर्षपछि नयाँ ब्रोकर थपिन लागेका हुन्। यसअघि २०६८ सालमा नयाँ ब्रोकर लाइसेन्स वितरण भएको थियो । तत्कालिन समयमा २३ कायम ब्रोकर संख्या २७ वटा थपेर ५० पुर्याइएको थियो ।

गत वर्ष भदौ २९ गते बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी २०६४ लाई संसोधन गरेर नयाँ लाइसेन्स प्रक्रिया अघि बढाएको थियो।

 

तपाईको प्रतिक्रिया