कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल रहेका प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो।

वैशाखमा प्रभु सेलेक्ट फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर १०.१७ रुपैयाँमा झरेको छ। चैतमा न्याभ १०.२९ रुपैयाँ रहेको थियो।

वैशाखसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ५३ करोड रुपैयाँ रहेको छ। चैतसम्म सूचीकृत सेयरमा ५४ करोड ४९ लाख रुपैयाँ लगानी थियो।

यो योजना कुल लगानी वैशाखसम्म ८६ करोड १७ लाख रुपैयाँ बढी रहेको छ। चैतसम्म कुल लगानी ८७ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा यस योजनाको कुल आय ४ करोड ३३ लाख रुपैयाँ रहेको छ। चैतमा कुल आय ५ करोड ९४ लाख रुपैयाँ रहेको थियो।

वैशाखमा प्रभु स्मार्ट फन्डको न्याभ पनि घटेर १० रुपैयाँमा झरेको छ। चैतमा न्याभ १०.०२ रुपैयाँ रहेको थियो।

वैशाखसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर १५ करोड २१ लाख रुपैयाँ रहेको छ। चैतसम्म सूचीकृत सेयरमा ११ करोड १२ लाख रुपैयाँ लगानी थियो।

यो योजना कुल लगानी वैशाखसम्म ३५ करोड ४७ लाख रुपैयाँ बढी रहेको छ। चैतसम्म कुल लगानी २८ करोड ९१ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा यस योजनाको कुल व्याय ३ लाख ३३ हजार रुपैयाँ रहेको छ। चैतमा कुल आय १७ लाख ५३ हजार रुपैयाँ रहेको थियो।

 

तपाईको प्रतिक्रिया