नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको मर्जरलाई पूर्वस्वीकृति प्रदान गरेको छ।

धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई पूर्वस्वीकृति प्रदान गरिएको सेबोनले जनाएको छ। यी दुवै लघुवित्तले सेबोनमा संयुक्त निवेदन दिँदै मर्जरका लागि स्वीकृति माग गरेका थिए।

यसअघि नेपाल राष्ट्र बैंकले गत जेठ ३ गते सामुदायिक र बिपिडब्लयु लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

यी दुवै लघुवित्तबीच गत फागुन २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

 

तपाईको प्रतिक्रिया