नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ९साबिकको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड० द्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबिएल एस क्यापिटल लिमिटेड र सस्तो डिल प्रालिबीच एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा कर्पोरेट पेरोल एसआईपीमार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उद्देश्यका साथ एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
यस योजनाअन्तर्गत सस्तो डिल प्रालिका विभिन्न तहका कर्मचारीहरुले आफूले इच्छाअनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबिएल सहभागिता फन्डको व्यवस्थित लगानी योजना ९एसआईपी०मार्फत लगानी गर्न सक्नेछन्।
उक्त सम्झौतामा सस्तो डिलका तर्फबाट कम्पनिकी प्रमुख वित्त अधिकृत सुमित्रा केसी र एनआईबीएल एस क्यापिटलका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

 

तपाईको प्रतिक्रिया