हिमाल दोलखा हाइड्रोपावर कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ को अनुपातमा हकप्रद जारी गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ।
यो हकप्रदमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । धितोपत्र बिक्री लक्ष्मी क्यापिटल मार्केट र हिमाल दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ।
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा लगानीकर्ताले आउँदा असार १० गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनी हकप्रद निष्कासन प्रयोजनार्थ गत वैशाख २७ गते बुक क्लोज गरेको थियो। यसको अर्थ वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले यो कम्पनीको हकप्रद सेयरमा खरिद आवेदन दिन सक्नेछन्।

Online Arthik










