नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अप्पर लोहरेखोलालाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई चुक्तापुँजीको ४९ प्रतिशत आईपीओ बिक्री खुला गर्ने अनुमति दिएको छ।

अब कम्पनीले २४ करोड ९८ लाख ४ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

कम्पनीले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सर्वसाधारण आईपीओ बिक्री खुला गर्नेछ।

अप्पर लोहरेखोलाको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 

 

तपाईको प्रतिक्रिया