गरिमा विकास बैंकको संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई विद्यमान संस्थापकले मात्र खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र काठमाण्डौको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

Online Arthik










