समृद्धि फाइनान्स कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा भएको सेयर बिक्रीका लागि राखेको हो। उक्त सेयर किन्न पाउनेमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई नै छ।
खरिदमा इच्छुक संस्थापक सेयरधनीहरुले अबको ३५ दिनभित्र आवेदन दिन सक्ने छन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। सो वा सोभन्दा बढी मूल्य खुलाइ आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरे फाइनान्सले राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयरधनी बाहेकका लगानीकर्ताहरुमा बिक्री गर्ने जनाएको छ।

Online Arthik










