रिडी पावरको सेयर पछिल्लो एक सातादेखि लगातार घटिरहेको छ। हाइड्रोपावर कम्पनीहरुकै इतिहासमा पहिलोपटक रैराङ हाइड्रोपावरसँग एकीकृत कारोबारपछि यो कम्पनीको सेयर ओरालो लाग्न थालेको हो।मर्जर अघि अन्तिम पटक २०७८ कात्तिक १७ गते रिडीको सेयर मूल्य प्रति कित्ता ८७२ रुपैयाँ सम्म कारोबार भएको थियो। जुन मूल्य हाल कारोबार भइरहेको मूल्यको तुलनामा ६८ प्रतिशत बढी हो। त्यो बेला रैराङ हाइड्रोपावरको अन्तिम सेयर कारोबार प्रति कित्ता ५७५ रुपैयाँ थियो।

त्यसपछि मर्जरका क्रममा यी दुवै हाइड्रोपावरको सेयर कारोबार रोक्का भएको थियो। एकीकृत कारोबारका लागि यो कम्पनीले ७०८.६० रुपैयाँ ओपनिङ रेञ्ज प्राप्त गरेको थियो।

सोही मूल्यको आसपासमा रहेर गत साउन ३० गतेबाट प्रति कित्ता ६९४ रुपैयाँमा कम्पनीको कारोबार खुलेको हो। तर संयुक्त रुपमा कारोबारमा आएलगत्तै कम्पनीको सेयर वियरिस ट्रेण्ड समात्यो।

साउन ३० गतेपछि कम्पनीको सेयर मूल्य करिब ६०.२३ प्रतिशतले घटिसकेको छ। अहिले कम्पनीको सेयर कारोबार प्रति कित्ता २७६ रुपैयाँमा भइरहेको छ।

 

तपाईको प्रतिक्रिया