९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि जिल्ला प्रशासन कार्यालय, संखुवासभाले सार्वजनिक सूचना प्रकाशित गर्दै प्रसारणको लाइनको टावर निर्माणका लागि खाँदबारी नगरपालिका(१,२, ४ र ८ मा रहेका जग्गाहरु स्थायी रुपमा अधिग्रहण गर्न उल्लेख गरेको छ।
यहि असार १५ गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले जग्गासँगै घर, गोठ, टहरा चतम रुख विरुवाको समेत मुआब्जा निर्धारण गरेको छ।
सम्बन्धी घरधनीहरुलाई मुआब्जा बुझ्नका लागि रितपूर्वक निवेदन दिन आग्रह गरिएको छ। मूल्यमा चित्त नबुझे १५ दिनभित्र गृह मन्त्रालयमा निवेदन दिन सकिन्छ। जग्गा हेरेर प्रतिरोपनी ५ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ। २९ जना व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्न लागिएको हो।
अरुण तेस्रो अर्ध(जलाशययुक्त जलविद्युत आयोजना भारत सरकार स्वामित्वको सतलज विद्युत निगमले निर्माण गरिरहेको छ। आधाभन्दा बढी काम सकिएको आयोजनाबाट आगामी डेढ वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य छ।
आयोजना निर्माण गरेर बिजुली भारत लैजान लागिएको छ। बिजुली लैजानका लागि ४०० केभी प्रसारणलाइन निर्माण गर्न लागिएको हो।

Online Arthik










