सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले असार ३१ देखि साउन १४ गतेसम्म सेयर निष्काशन गर्ने भएको हो।
कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ छ। यसको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँको सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँका दरले सेयर निष्काशन गर्ने छ।
कम्पनीको सेयरमा न्यूनतम १० र अधिकतम ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

Online Arthik










