अभियान लघुवित्त वित्तीय संस्थाको बिहीबार सम्पन्न तेस्रोे वार्षिक साधारणसभाबाट दुई सञ्चालकको मनोनय अनुमोदन गरेको छ।
काभ्रेको पनौतीमा भएको सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईलाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गरेको हो।
सभामा संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको वर्तमान अवस्था र विद्यमान समस्याबारे जानकारी गराएका थिए।
सभाले सञ्चालक समितिका तर्पmबाट अध्यक्ष थापाद्वारा प्रस्तुत आ.व. २०७८–७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

Online Arthik










