हकप्रद सेयर निष्कासनको अनुमतिका लागि हिमालयन ऊर्जा विकास कम्पनी धितोपत्र बोर्डमा पुगेको छ । अहिले कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ। बोर्डले अनुमति दिएर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ रुपैयाँ करोड पुग्नेछ ।
कम्पनीले सेयरधनीलाई हालसम्म लाभांश दिएको छैन। आर्थिक वर्ष २०७५/७६ यता निरन्तर नोक्सानीमा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४.५५ रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने ९३.८४ रुपैयाँ छ।
कम्पनीले निर्माण गरेका ७ मेगावाटको अपर खिम्ति २ र १२ मेगावाटको उपल्लो खिम्ति जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन थालिसकेका छन् । गत चैतसम्म कम्पनीले १५ करोड ८४ लाख रुपैयाँको विद्युत बेचेको थियो।