नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजानिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नको लागि आइतबार बिहानै राष्ट बैंकले सन्चालक समितिको बैठक डाकेको थियो । सञ्चालक समितिबाट नीति पारित भएपछि आइतबार दिउसो मौद्रिक नीति सार्वजानिक हुनेछ ।

यस पटकको मौद्रिक नीतिमा केन्द्रिय बैंकले शेयर बजार र घरजग्ग क्षेत्रको नीतिमा केही परिवर्तन गर्ने छ । कोभिडपछि कडाई गरीएका क्षेत्रमा केन्द्रिय केहि लचक नीति लिने सम्भावना रहेको छ ।
निर्माण क्षेत्रमा आएको मन्दी हटाउन केन्द्रिय बैंकले घर कर्जामा केहि लचक नीति लिन लागेको केन्द्रिय बैंकका अधिकारीहरु बताउछन् । केन्द्रिय बैंकले घरजग्गा कर्जाको लोन टु भ्यालु रेशियो बढाउने भएको छ । यसले गर्दा घर कर्जा बढ्नेछ । घरकर्जा बढ्दा निर्माण क्षेत्रका कम्पनीहरुको समेत व्यापार बढ्ने मात्र नभइ समग्र अर्थतन्त्र्रनै चलायमान हुने सम्भावना भएकाले घरकर्जामा केही लचकता अपनाउने नीति लिने सम्भावना छ ।

यस वर्ष केन्द्रिय बैंकले शेयर बजारलाई कडाई नगरी नीति ल्याउने भएको छ । यसअघि केन्द्रिय बैंकले लिएका नीतिले शेयर बजारमा ठुलो प्रभाव पारेको थियो । यस वर्ष भने शेयर बजारमा समेत केहि लचक नीति लिने संकेत केन्द्रिय बैंकको छ ।

नेपाल राष्ट्र बैंकले गरेको कडाइले बाह्य क्षेत्र भर्खरै मात्रै सहज अवस्थामा आएकोले अहिले बाह्य क्षेत्रलाई समेत ध्यानमा राखेर नीति तर्जुमा गरीएकोछ ।

केन्द्रिय बैंकले कर्जा विस्तारको लक्ष्यलाई नबढाउने मौद्रिक नीति ल्याउने भएको छ । गत वर्ष १२.६ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएकोमा ४ प्रतिशतभन्दा कम कर्जा प्रवाह भएको छ भने चालु आर्थिक वर्षमा केन्द्रिय बैंकले कर्जा विस्तारको लक्ष्यलाई १२ प्रतिशतभन्दा तल राख्ने भएको छ ।

यस्तै, केन्द्रिय बैंकले बैंकदर र नीतिगत दरलाई भने केहि घटाउने जनाएको छ । अहिले बैंकदर साढे ७ प्रतिशत छ भने नीतिगत दर ७ प्रतिशत छ । तरलता सहज भएको अवस्थामा यस्तो दरलाई केहि घटाउने तयारी राष्ट्र बैंकको रहेको छ ।

तपाईको प्रतिक्रिया