मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले गत असार १९ गतेदेखि यी दुवै समूहलाई आईपीओ बिक्री खुला गरेको थियो। अब यो आईपीओमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। विदेशमा रहेका नेपाली श्रमिकका लागि भने गत साउन २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुलाएको छ।

यो आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले मनकामना इन्जिनियरिङको रजिस्ट्रर्ड कार्यालय (अनामनगर), प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।

मनकामना इन्जिनियरिङको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।

 

तपाईको प्रतिक्रिया