
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने समझदारी भएको छ।
दुवै संस्थाबीच मंगलबार (साउन ९ गते) आपसमा मर्ज हुने समझदारी भएको हो। दुवै संस्थाका प्रतिनिधिहरुले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन्।
किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड कार्यालय रहेको छ।
दुवै संस्थाले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबारका साधारणसभा सम्पन्न नहुन्जेलसम्म रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेका छन्।