लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरिएको हो।

कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेका लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ।

लक्ष्मी क्यापिटलको आइतबार (साउन १४ गते) बसेको सञ्चालक समितिको बैठकले ती दुई योजनाको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

तपाईको प्रतिक्रिया