प्राइम कमर्सियल बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आज साउन १७ गते बसेको बैठकले सञ्जीव मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो। हाल उनी बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्।

बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेबाट समाप्त भएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि बैंकका महाप्रबन्धक मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया