नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्‍यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहित करिब एक सय जनाले सहभागिता जनाए ।

पोखराको बाराहीघाट बाट शुरु भएको र्‍यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृह चोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा समापन गरिएको थियो ।

उक्त साइकल र्‍यालीबाट बीमा सचेतना प्रवर्द्धन हुनेछ भन्ने कम्पनीले अपेक्षा लिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया