जानकी फाइनान्स वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ४१ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यो अवधिसम्म कम्पनीले ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड २२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी सामान्य घटेर १६ करोड ८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १६ करोड ७३ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ६० करोड ४ लाख रुपैयाँ रहेको कम्पनीले चौथो त्रैमाससम्म ३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीले ३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा कम्पनीको रिजर्भको आकार सामान्य घटेर २९ करोड ८७ लाख रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भमा २९ करोड ९१ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर १८.६५ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल १६.६७ प्रतिशत थियो।

खराब कर्जा बढ्दा कम्पनीले १२ करोड ४० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३१ करोड ५९ लाख रुपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ०.६० रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिसम्म ईपीएस १६.३४ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.९४ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया