एभरेस्ट बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०५५–५६ देखि २०७४–७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। यो अवधिमा साधारण सेयर र अग्राधिकार सेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।

बैंकले साधारण सेयरतर्फ यो अवधिको कुल ३ करोड २ लाख १५ हजार ६१८.२९ रुपैयाँ र अग्राधिकार सेयरतर्फ १ लाख ८६ हजार ३५०.७३ रुपैयाँ नगद लाभांश सेयरधनीहरुले भुक्तान लिन बाँकी छ।

सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको सेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने बैंकले जनाएको छ।

भुक्तानी हुन बाँकी नगद लाभांशको विवरण बैंकको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया