आज सार्वजनिक किसान लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १११०।६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ११ लाख २६ हजार रुपैयाँमात्र नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १४२ प्रतिशतले बढेर १ करोड ९४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८० लाख ४७ हजार रुपैयाँमा सीमित थियो।
संस्थाको खुद ब्याज आम्दानी २५ करोड ७० लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा २९।०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी ३६ करोड २२ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ९एनपीएल० बढेर ५।९५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४।८८ प्रतिशत थियो।
खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा २ करोड ४७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज १२ करोड २० लाख रुपैयाँ छुट्याएको थियो।
समीक्षा अवधिसम्म संस्थाले ४ अर्ब ३८ करोड रुपैयाँ सापटी लिई ६ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार ५।५६ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष ११ करोड ९८ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ११ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी ५० करोड ४३ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी ९ईपीएस० बढेर २।७० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०।३२ रुपैयाँ थियो। पीई रेसियो २६२।३२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६।४२ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया