बुटवल पावर कम्पनी समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा २.४९ प्रतिशतले घटेको छ।

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६.५३ प्रतिशतले घटेर ७२ करोड ४४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ७७ करोड ५० लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी ३ अर्ब ४० करोड रहेको कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ७.८४ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ८.४४ रुपैयाँ रहेको थियो। प्रतिसेयर नेटवर्थ २०५.१० रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ४२.१६ गुणा रहेको छ।

 

तपाईको प्रतिक्रिया