अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलको कार्यालयमा अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम साँझ ५ बजे राखिएको छ।

यो कम्पनीले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको थियो।

कम्पनीले २ प्रतिशतले हुन आउने ३९ हजार ७६५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख ९५ हजार ३२७ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये थप ९ जनाले १–१ कित्ता सेयर पाउनेछन्।

 

तपाईको प्रतिक्रिया