धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । घटनामा परी १७ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा घाइते भएकामध्ये १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, धादिङले जानकारी दिएको छ ।