माछापुच्छ्रे बैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ४३ करोड ६० लाख १ हजार ७८१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १३.३० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया