युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको लाभांश बाँड्न मिल्ने कोष र राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पाठउने निर्णय गरेको छ। यसमा बोनस सेयर र कर प्रयोजनार्थ नगद लाभांश हुने कम्पनीले जनाएको छ।
राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी लाभांश कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।

Online Arthik










