सिटिजन्स बैंक इन्टरनेसनल बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो।

बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०८० असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया