नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले कम्पनीको सीईओमा पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति भदौ ३१ गतेदेखि लागू गरिएको छ।
यसअघि पोख्रेलले नेपाल एसबीआई बैंकको वित्त, लेखापरीक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। बंैकिङ तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका पोख्रेल स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व मानिन्छन्।
नवनियुक्त सीईओ पोख्रेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेन्ट बैंकिङबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा कम्पनी विश्वस्त रहेको छ।
नेपाल एसबीआई बैंकको सहायक कम्पनीका रुपमा रहेको यस मर्चेन्टको चुक्तापुँजी रु. २० करोड रहेको छ। मर्चेन्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङलगायतका सेवा प्रदान गर्दै आइरहेको छ।

Online Arthik










