एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमन्त बस्याल नियुक्त भएका छन् । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई संस्थाको रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ बस्यालले आगामी असोज ७ गतेदेखि संस्थाको सीईओको रुपमा कार्यभार सम्हाल्ने छन् । समितिको बैठकले उनलाई आगामी आइतबारदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया