कालिमाटीस्थित साईनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ठगी मुद्दाका प्रतिवादी लेखा समितिका संयोजक पंचमान महर्जन पक्राउ परेका छन्।
उनी लगायतका पदाधिकारीमाथि सहकारीमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार चार सय ७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन बाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको आरोप लागेको थियो।
उक्त मुद्दामा संस्थाका लेखा समिति संयोजक रहेका महर्जनसमेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले गत २०७३ असार १९ मा प्रतिवादी महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले उनलाई बिहीबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जनाएको छ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

Online Arthik










