एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा काठमाण्डौको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। यसअन्तर्गत शनिबार र आइतबार गरी ४ खेल भएका थिए।

एनसेल आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाइँकै लागि’अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएका हुन्। एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रही नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानिय युवा क्लबका खेलाडीहरुको सहभागिताले यस कार्यक्रमलाई विषेश बनाएको थियो। गत असोज ६ को पहिलो मैत्रीपूर्ण फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो। एनसेल टिमका तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए।

यो खेलमा एनसेलले १—० को अन्तरले हित हासिल गरेको थियो। एनसेलका तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए।

त्यसैगरी सोही दिन भएको अर्को आकर्षक खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबीच भएको थियो। दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारहरुको सहभागिता थियो। कलाकारहरुमा आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दीप क्षेत्री, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायतका कलाकारहरु रहेका थिए। अनिल गुरुङको टिमले ५—४ को अन्तरले खेल जितेको थियो।

त्यस्तै असोज ७ गते सम्पन्न पहिलो खेल एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो। लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४—१ को अन्तरालले जित हासिल गरेको थियो।

त्यस्तै, सोही दिनको दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सीबीच भएको थियो। कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४—३ गोलको अन्तरालले खेल जितेको थियो।

‘हामी तपाइँकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन्। त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकसँग अन्तर्क्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमणलगायत छन्।

 

तपाईको प्रतिक्रिया