सिटिजन लाइफको सेयर हिजो नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि बिहीबार इन्द्रजात्राको सार्वजनिक बिदा र पर्सि शुक्रबार परेकोले यो कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको हो।
नेप्सेमा यो कम्पनीको १०० अंकित दरका कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ६२ लाख ५० हजार कित्ता ९७० प्रतिशत० र सर्वसाधारण समूह ९वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित०को १ करोड १२ लाख ५० हजार कित्ता ९३० प्रतिशत० रहेको छ।
नेप्सेले यो कम्पनीलाई ‘सीएलआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १७२।४३ रुपैयाँ र अधिकतममा ५१७।२९ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।
अब आइतबारको स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।

 

तपाईको प्रतिक्रिया