लिलामीमा राखिएको सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसियाको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता सेयरमा खरिद आवेदन पेस गर्ने आज असोज १४ गते अन्तिम दिन रहेको छ।
गत असोज ८ गतेबाट विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको थियो। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Online Arthik










