प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ।

Online Arthik










