नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि रातभर मतदान भएको छ ।

गएराति १० बजे सुरु भएको मतदान आज बिहान ५ बजे सकिएको छ । रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन् ।

मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार आज मतगणना आजै गरिने छ । अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् ।

अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो । भावी अध्यक्षका लागि अध्यक्षका घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया