माथिल्लो मैलुङ खोला कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँले हुन आउने १५ लाख कित्ता आईपीओ छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोषका लाग छुट्याएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता थपेर सर्वसाधारणलाई कुल १२ लाख ८४ हजार २०० कित्ता बिक्री खुला गरिएको हो।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ निष्कासन बन्द छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

 

तपाईको प्रतिक्रिया