आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको शुक्रबार (असोज १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९.०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख १८ हजार ८०५.४९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ८.६० प्रतिशतले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५.२२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशतले हुन आउने ३९ लाख ३५ हजार ९४०.२७ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया