नेपाल राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले उक्त रकममध्ये १४ करोड १४ लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ८८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।

उक्त रकम आउँदो मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म ३६५ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले कात्तिक १४ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया