मिर्मिरे लघुवित्तको एफपीओ आगामी बिहीबार अर्थात् कात्तिक १६ गते बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ ३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी छ ।अन्तिम दिनसम्ममा कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।जसअनुसार एफफपीओमा अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको छ।

जसमा १२ हजार ३८१ जनाले मात्र सेयर पाउने छन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

 

तपाईको प्रतिक्रिया