विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही २०८० कार्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त शिविरमा नाक, कान, घांटी, आंखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाच गरिएको थियो । उक्त शिविरबाट २९४ जनाले लाभ लिनु भएको थियो । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको र ग्रुपले यसप्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राखेको छ ।

Online Arthik










