गरिमा विकास बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकले संस्थापक सेयरधनी (समूह क) को केही सेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ५७३.४९ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
सेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले आउँदो मंसिर २२ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिने बैंकले जनाएको छ।

Online Arthik










