आँखुखोला जलविद्युत कम्पनीको समीक्षा अवधिमा कम्पनीले ९६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४९।६६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
पहिलो त्रैमासमा सञ्चालन मुनाफा पनि घटेर ३ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा ४ करोड ६५ लाख रुपैयाँ थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट ७ करोड ६ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ५ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ।
चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको संस्थाको अन्य इक्विटी २३ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० ४।८४ रुपैयाँ, पीई रेसियो ३०।७९ गुणा र प्रतिसेयर नेटवर्थ ७०।३३ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया