एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजु–बहिनी, दिदी–भाइहरुको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ। यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहले भाग लिन सक्छन्।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक सबैले दिदी–भाइहरुको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडियो अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ। भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरु समावेश गरी ‘हामी तपाइँकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्दछ।

उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरुले दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन्। यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुनेले रु. ७५ हजार नगद र तेस्रो हुनेले रु. ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ।

‘हामी उदीयमान फिल्म निर्माताहरुका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। विभिन्न समूह र सहभागीहरुले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ। अझै राम्रो पाटो भनेको हामी सधैँ अरुको रचनात्मक प्रयासहरुबाट धेरै प्रेरणा लिईरहेका हुन्छौँ’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।

प्राप्त सबै भिडियोमध्ये छानिएका भिडियो भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ। निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरी टेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समीक्षा र मूल्यांकन गर्नेछ। यस प्रतियोगिताका विजेताहरु कात्तिक २९ गते भाइटीकाको दिन घोषणा गरिनेछ।

सहभागी हुन इच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडियो बुझाउने मिति कात्तिक २३ गतेसम्म थप गरिएको छ। थप जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिन्छ।

 

तपाईको प्रतिक्रिया