उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।लघुवित्तले कार्तिक २१ गतेदेखि एफपीओ निष्काशन गरेको थियो ।कम्पनीले एक सय अंकित मूल्य दरले एक करोड ७८ लाख ४५ हजार ११८ रूपैयाँ बराबरको एक लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । उक्त एफपीओमा लगानीकर्ताले न्यूनतम १० र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

एफपीओको बिक्री प्रबन्धकमा सिदार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

तपाईको प्रतिक्रिया