एभरेष्ट बैंक लिमिटेडले सञ्चालक नियुक्त गरेको छ ।

असार ५ गते बसेको सञ्चालक समितिको बैंठकले संस्थाको सेयरधनीको तर्फबाट डा.बालगोपाल बैद्यलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

साथै उनले कात्तिक २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्षदेखि कम्पनीको सञ्चालक समिति सदस्य रहिरहेका वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका उनले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् ।

कम्पनीका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको केहि समयपछि रिक्त रहेको पदमा उनको नियुक्ती भएको हो ।

 

तपाईको प्रतिक्रिया