सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले प्रकाशित वित्तीय अनुसार उक्त अवधिसम्ममा कम्पनीको नाफा १२८.३८ प्रतिशतले बृद्धि भएर ११ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोहि अवधिसम्ममा कम्पनीको नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो ।
चालू आवको प्रथम त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले ८ करोड २७ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने १ अर्ब ४३ करोड खुद बीमा शुल्क संकलन गरेको छ । कुल बीमा शुल्क संकलन १६०.१६ प्रतिशतले बृद्धि भएको छ ।
उक्त अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिशनमा १५ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ७ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो ।
कम्पनीले ८२ करोड ४६ लाख सञ्चित कोषमा राखेको छ । त्यस्तै अन्य इक्वीटी कोषमा १ करोड ९९ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोष भने ८.३१ प्रतिशतले बृद्धि भएर ११ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
गत आवमा भने कम्पनीको जीवन बीमा कोष १० अर्ब ९१ करोड रुपैयाँ थियो । कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १०.६० रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२२.७६रुपैयाँ रहेको छ ।