आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि मर्जरपछि बिनाकारण अन्याय गरेको भन्दै त्यसविरुद्ध २०० कर्मचारीले सामूहिक राजीनामा दिई विद्रोह गरेका हुन् ।

सामूहिक राजीनामासँगै उनीहरुले आन्दोलनको घोषणा समेत गरेका छन् ।

पछिल्लो समय मर्जरपछि विभिन्न वित्तीय संस्थाहरुमा आशा लघुवित्तमा जस्तै कर्मचारी व्यवस्थापनमा अन्याय भएको लगायतका विवादहरु उठ्दै आएका छन् । करिब २०० कर्मचारीले त्यस्तो अन्यायविरुद्ध सामूहिक राजीनामा र विद्रोह गरेको चाहिँ यो पहिलो घटना हो ।

साबिक राष्ट्र उत्थानका २ सय कर्मचारी हेटौडास्थित आशा लघुवित्तको मुख्य कार्यालयमा भौतिक रुपमा उपस्थिति भई संयुक्त राजीनामा दिएसँगै व्यवस्थापनसमक्ष ११ बुँदे माग पनि प्रस्तुत गरेका छन् ।

आशाले  र राष्ट्र उत्थानलाई प्राप्ति गरे पश्चात् आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको नाममा गत असार ३१ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो। एकीकृत कारोबार सुरु भएको ४ महिनासम्म पनि कर्मचारी व्यवस्थापन नभएपछि आशामा विद्रोह भएको देखिएको छ ।

लघुवित्तका कर्मचारीहरूले संस्थाका निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रिप्रसाद दुलालको नेतृत्वमा कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख रविन खतिवडा र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख पुष्कर मिश्रले साबिकका राष्ट्र उत्थानको शाखा निरीक्षण गर्ने बाहानामा मादक पदार्थको सेवन गरी कर्मचारीहरुमाथि अभद्र व्यवहार गरेको भन्दै उनीहरुको राजीनामा समेत मागिएको छ ।

कर्मचारीहरुले भाइबर प्रयोग गरी अनावश्यक टार्गेटको बाहानामा दिइने प्रेसरमा मासिक टार्गेट एनपीएल घटाउने बहानामा लामो समयदेखि खराब वर्गमा परेका कर्जाको नो हिट रिपोर्टको प्रयोग गर्ने गरिएको विषय पनि खुलासा गरेका छन् । ‘कुनै पनि आधिकारिक निर्देशन बिना फोन तथा भाइवरको प्रयोग मार्फत अनावश्यक रूपमा टार्गेटको बाहानमा दिइने प्रेसरमा मासिक टार्गेट एनपीएल घटाउने बाहानमा लामो समय देखी खराब वर्गमा परेका कर्जाको नो हिट रिपोटको प्रयोग गरी खराब कर्जालाई लगानी देखाई अनावश्यक कर्जाको भार पारी कर्जा थप गरी बचतमा राखी कर्जा तथा बचत वृद्धि देखाई कर्मचारीहरूलाई प्रतिबद्धता गर्न लगाई गैरकानुनी कार्य गर्दै आएकोले यस्ता गतिविधि तत्काल बन्द गरी वैकल्पिक माध्यमको खोजी गर्नु पर्ने । यस्तो किसिमको गैर कानुनी कार्यको भागी एक परिवारको भरोसा रहेको निर्दोष कर्मचारीमा पर्ने कारण सोको बारेमा बेलैमा सचेत हुन सम्बन्धित सबैमा ध्यानाकर्षण गराइन्छ ।’-११ बुँदेमध्येको एउटा मागमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया