स्ट्यान्डर्ड चार्टर्ड बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रतिसेयर १९ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

तपाईको प्रतिक्रिया