ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन्।
ज्योति विकास बैंकको कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई कायम मुकायम सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि कम्पनीको सीईओ रहेका श्री चन्द्र भट्टले राजीनामा दिएपछिकम्पनीले सोमबारदेखि लागू हुने गरि ढकाललाई कामु सीईओमा नियक्त गरेको हो । भट्टले दिएको राजीनामा पनि सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् । उनले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।

Online Arthik










